२०८० मंसिर २०
December 6, 2023, Wednesday

अक्टोबरमा भित्रिए ८८ हजार ५८२ पर्यटक

अक्टोबरमा भित्रिए ८८ हजार ५८२ पर्यटक

काठमाडौं , पछिल्लो १० महिनामा नेपालमा झण्डै १० लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आए । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए ।

यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा देखिएको छ ।

अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिए । भारतबाट १६ हजार ९१० पर्यटक आएका छन् । अमेरिकाबाट यस महिनामा ११ हजार ८५९ जना पर्यटक नेपाल आएका छन् ।

बेलायतबाट ७ हजार ११७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, बंगलादेशबाट २ हजार ७२० जना पर्यटक अक्टोवर महिनामा नेपाल आएको बोर्डले जनाएको छ ।

कुन महिनामा कति पर्यटक ?

जनवरी : १६,९७५
फेब्रुअरी : १९,७६६
मार्च : ४२,००६
अप्रिल : ६१,५८९
मे : ५३,६०८
जुन : ४६,९५७
जुलाई : ४४,४६२
अगष्ट : ४१,३०४
सेप्टेम्बर : ५८,३१४
अक्टोबर : ८८,५८२

Related News

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक १८, शुक्रबार १७:५२ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ कार्तिक १८, शुक्रबार १७:५२ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ कार्तिक १८, शुक्रबार १७:५२ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

TOP