२०८० मंसिर २१
December 7, 2023, Thursday

इमरान खानलाई गोली हान्ने व्यक्तिको बयान लिक, चौकीका सबै प्रहरी निलम्बनमा

इमरान खानलाई गोली हान्ने व्यक्तिको बयान लिक, चौकीका सबै प्रहरी निलम्बनमा

एजेन्सी,पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि भएको आक्रमणका संदिग्धको बयान लिक भएको छ ।

प्रहरी चौकीमा उनले वयानका क्रममा आफूले इमरानलाई मार्नै खोजेको बताएका छन् । आफ्नो उदेश्य अरुलाई आक्रमण गर्ने नभई इमरानको नै हत्या गर्नु रहेको उनले बताएको भिडियो बाहिरिएको छ ।

संदिग्ध आक्रमणकारीको बयान बाहिरिएपछि प्रहरी चौकीका सबै प्रहरी र कर्मचारी निलम्बनमा परेका छन् ।

पूर्व प्रधानमन्त्रीलाई गोली हानेको विषयलाई सामान्य विषय जस्तो बनाएको र आक्रमणकारीको बयान लिक गराएको भन्दै पञ्जाब प्रान्तका मुख्यमन्त्री चौधरी परवेज इलाहीले सम्बन्धिक चौकीका सबैलाई निलम्बन गरेको बीबीसी हिन्दीले जनाएको छ ।

पञ्जाब सरकारका अनुसार सम्बन्धित प्रहरी चौकीका अधिकारी र सबै कर्मचारीको मोबाइल फोनको फोरेन्सिक जाँच गरिनेछ।

उनले पञ्जाब प्रान्तका आईजीलाई गैरजिम्मेवार अधिकारीहरू विरुद्ध कडा अनुशासनात्मक कारबाही गर्न निर्देशन दिएका छन्। परवेज इलाहीले घटनाको अनुसन्धान र कारण पत्ता लगाउन निर्देशन पनि दिएका छन्।

पञ्जावको वजिराबादमा लङ मार्चको क्रममा विहीबार पूर्व प्रधानमन्त्री इमरान खानलाई लक्षित गरेर गोली प्रहार भएको थियो । खानको खुट्टामा गोली लागेको छ । उनि उपचाररत छन् ।

घटनामा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । घटनाको पाकिस्तानका प्रधानमन्त्री शहवाज शरिफसहित मन्त्री, पूर्व प्रधानमन्त्री लगायतले निन्दा र विरोध गरेका छन् ।

पाकिस्तान तहरीक-ए-इन्साफका नेता असद उमरले गोलीबारीका लागि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र मेजर जनरल फैसल जिम्मेवार रहेको आरोप लगाएका छन् ।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ कार्तिक १८, शुक्रबार ०८:४५ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ कार्तिक १८, शुक्रबार ०८:४५ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ कार्तिक १८, शुक्रबार ०८:४५ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP