२०८० मंसिर २१
December 7, 2023, Thursday

उत्तर कोरियाका सयौं फाइटर विमान सीमा क्षेत्रमा उड्दै, दक्षिणले तैनाथ गर्‍यो एयरक्राफ्ट

उत्तर कोरियाका सयौं फाइटर विमान सीमा क्षेत्रमा उड्दै, दक्षिणले तैनाथ गर्‍यो एयरक्राफ्ट

एजेन्सी, दक्षिण कोरियाले उत्तरका सयौं फाइटर विमान आकासमा देखिएको दाबी गरेको छ । कोरियाली प्रायद्विपमा तनाव चर्किरहँदा युद्धको सम्भावना बढेको संकेत देखिन थालेका छन् ।

दक्षिण कोरियाले आफ्नो सीमा क्षेत्रमा उत्तरका १८० वटा फाइटर विमान उडिरहेको दाबी गरेको हो । दक्षिण कोरियाली सेनाले प्रतिक्रियामा आफ्ना फाइटर विमान पनि तैनाथ गर्न थालेको जनाएको छ ।

समाचार एजेंसी रोयटर्सका अनुसार दक्षिणको सेनाले दिएको बयानमा उत्तर कोरियाका विमान सीमाको २० किलोमिटर आसपास घुमिरहेका छन् ।

जवाफमा दक्षिण कोरियाले ८० वटा एयरक्राफ्ट तैनाथ गरेको छ । दक्षिणको सेनाले करिब २४० विमानसहित अमेरिकासँग युद्ध अभ्यास गरेको समेत जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासका कारण उत्तर आक्रोशित बनेको छ । उसले दिनदिनै जस्तै क्षेप्यास्त्र प्रक्षेपण गर्ने गरेको छ ।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ कार्तिक १८, शुक्रबार १५:१४ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ कार्तिक १८, शुक्रबार १५:१४ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ कार्तिक १८, शुक्रबार १५:१४ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP