२०८० मंसिर २१
December 7, 2023, Thursday

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु : अध्यक्ष ओली

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु : अध्यक्ष ओली

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् ।

शुक्रबार सदरमुकाम खलंगामा एमालेले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन् ।

‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन ।

मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भने, ‘संसदले सर्वसम्मतका साथ पारित गरेको छ । त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहान्छु ।’

कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उनले मिचिएको भु–भाग फिर्ता ल्याएर छाड्ने बताएका छन् ।

भारतीय पक्षले सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर १२ वर्षीय बालकको मृत्यु भएको घटनामा गठबन्धन सरकारले शिघ्र एक्सन नलिएको उनको तर्क छ ।

विकास, समृद्धि र स्थिरताका लागि एमालेलाई मत दिन आह्वान गरेका ओलीले एमालेले गरेको चुनावी गठबन्धन स्वार्थको गठजोड नभएर राष्ट्रिय शक्ति भएको दाबी गरे ।

दार्चुलाबाट एमालेको देशव्यापी चुनावी अभियान शुभारम्भ गरेका ओलीले बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ कार्तिक १८, शुक्रबार १५:२० गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ कार्तिक १८, शुक्रबार १५:२० गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ कार्तिक १८, शुक्रबार १५:२० गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP