२०८० मंसिर २१
December 7, 2023, Thursday

क्रिकेटर सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

क्रिकेटर सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

काठमाडौं, काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कार अभियोगमा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

वादी र प्रतिवादीका तर्फबाट भएको थुनछेक बहसपछि शुक्रबार अदालतले त्यस्तो आदेश दिएको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।

५ भदौमा काठमाडौंको एक होटलमा १७ वर्षकी किशोरीमाथि लामिछानेले बलात्कार गरेको आरोप लागेको थियो । उनीविरुद्ध ती किशोरीले २१ भदौमा प्रहरीमा किटानी जाहेरी दएकी थिइन् ।

त्यति बेला लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

२० असोजमा नेपाल फर्किएका लामिछानेलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक १८, शुक्रबार १४:५६ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक १८, शुक्रबार १४:५६ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ कार्तिक १८, शुक्रबार १४:५६ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

TOP