तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र घरघरमा रोजगारी बनाउने आफ्नो मुख्य योजना रहेको बताएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङ्गघाट तथा आँबुखैरेनी गाउँपालिका–६ मा बिहीबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा उनले गाउँमा नै बास बसाउन त्यहाँ आवश्यक पूर्वाधार विकास निर्माण बनाउनुपर्नेमा जोड दिए ।
गाउँको विकासमा जोड दिँदै गाउँबाट शहरमा बसाइँसराई हुने प्रवृत्तिलाई निराकरण गर्ने मुख्य लक्ष्य राखेर अघि बढेको उनले बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धनको आवश्यकता देखिएको उनको भनाइ थियो ।
‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको हो,’ पौडेलले भने, ‘कांग्रेसको मात्रै दुई तिहाइको बहुमत आउन नसक्ने देखिएकाले गठबन्धन गरिएको हो ।’
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...