काठमाडौं, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू जनताको घर दैलोमा पुग्न थालेका छन्।
उनीहरू जनताको समस्या र समाधान खोज्दै निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई मतदान गर्न आग्रह गर्दै जनताको घरदैलोमा पुग्ने गरेका हुन्।
निर्वाचन नजिकिँदै गर्दा देसैंभरका उम्मेदवार प्रचारप्रसार तथा मतदाता समक्ष आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्।
यसैबीच काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि मतदाता समक्ष पुग्न थालेका छन्।
थापाले शुक्रबार बिहान चाबहिलको गणेशथान मन्दीरमा पूजा गरेर घरदैलो अभियान सुरु गरेका छन्। आज उनले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताको घरदैलोमा जाने कार्यक्रम रहेको छ।
महामन्त्री थापाले जनताको घरदैलोमा पुगेर मतदाताको समस्या सुन्ने कार्यक्रम रहेको छ।
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...