२०८० चैत्र १६
March 29, 2024, Friday

चिच्याएर वर माग्ने पाल्पाको अनौठो मेला आजदेखि

चिच्याएर वर माग्ने पाल्पाको अनौठो मेला आजदेखि

पाल्पा, रातिमा चिच्याएर वर माग्ने पाल्पाको अनौठो धार्मिक मेला आज शुक्रबारदेखि सुरु भएको छ । विगतका केही वर्ष कोभिड १९ को कारण रोकिएको मेला यो वर्षदेखि पुनः सुरु भएको हो ।

विगतमा ३ दिन लाग्ने मेला यो वर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ ।

यहाँ बाँसको लिंगो लिएर आवाज निकाल्ने गरि चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिक्रमा गरी परिषरको पोखरीमा लिगो गाडेर पूजा गर्ने चलन छ । प्रायः रासतमा चिच्याएर वर माग्ने गरिए पनि अचेल दिउँसोमा पनि वर माग्ने गरिन्छ ।

कार्तिक १८ गते एकादशीबाट २२ गते पूर्णिमासम्म दर्शन गर्ने राम्रो जोग परेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए ।

यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकाक्षा मागेको,बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयहरु बताउँछन् ।

परापुर्व कालमा सत्यवती बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पूजा गर्न आउनेको घुइँचो लाग्दछ । पाल्पा जिल्लासहित छिमेकी जिल्लाहरुका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन ।

जिल्लाको गहनाका रुपमा स्थापित सत्यवती मन्दिरले देश भित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

सहज तरिकाबाट पर्यटक भित्र्याउन स्थानीय सरकार लागिपर्ने बताउदै श्रेष्ठले मन्दिर दर्शन गर्न चाहने शारिरिक अशक्तता भएका दर्शनार्थीलाई सवारीमा पुग्ने ब्यवस्था गरिएको जानकारी दिए । २४ माइल र झुम्सा पानीमिलबाट पुग्ने सडक मर्मत गरी पालिकाले एकतर्फी बाटो खोलेको छ ।

यस वर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रूपैयाँ भेटि उठ्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष गाहाले बताए । मन्दिरमा करिब १ सय ५० स्टलहरु राखिने तिनाउ वडा नं ४ का वडाअध्यक्ष तुल बहादुर आलेले बताए ।

धार्मिक र ऐतिहासिक महत्व बोकेको जिल्लाकै एकमात्र स्थापित सत्यवती मन्दिर र तालको समग्र विकासमा सबैको सहकार्य आवश्यक रहेको समितिका सचिव लालबहादुर दर्लामीले बताए ।

झुम्सादेखि ९ किलोमिटरको दूरीमा रहेको यो सत्यवती बजैको मन्दीर पुग्न पैदल हिँडेर दुई घण्टा लाग्ने गर्दछ । धेरै भिड हुने र सवारी चापले बाटो अवरुद्ध हुने भएकाले विगतका मेलामा झुम्सामै गाडीहरु रोकेर तीर्थालुहरुलाई पैदल हिडाइन्थ्यो भने यो वर्ष एकातर्फ गाडी चलाएर यातायातको सुविधा मिलाइएको आयोजकले जनाएका छन् ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ कार्तिक १८, शुक्रबार ११:०९ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७९ कार्तिक १८, शुक्रबार ११:०९ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
  • २०७९ कार्तिक १८, शुक्रबार ११:०९ गते

खजुरा । बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकल धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको...

TOP