काठमाडौ, बङ्गलादेशमा जारी चौथो संस्करणको महिला साफ यु-१५ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोलीको सामना गर्दैछ ।
खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ४: ४५ बजे सुरू हुनेछ । दुवै टोली लगातार दोस्रो जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।
पहिलो खेलमा नेपाल र बंगलादेशले भुटानविरुद्ध क्रमशस् ७-० तथा ८-० को फराकिलो जीत हात पारेका थिए ।
नेपालले साफ यु-१५ मा बंगलादेशलाई हराउन सकेको छैन । नेपाल यसअघिका तीनै भेटमा पराजित भएको छ ।
२०१७ को पहिलो भेटमा नेपालले ६-० को फराकिलो हार बेहोरेको थियो । २०१८ मा पनि नेपाल ३-०ले पराजित हुन पुग्यो ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...