२०८० मंसिर २१
December 7, 2023, Thursday

रोमाञ्चक जीतका साथ प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो सिटी

रोमाञ्चक जीतका साथ प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो सिटी

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले रोमाञ्चक जीत निकालेको छ । उसले गएरातिको खेलमा फुलहमविरुरुद्ध २–१ को जीत निकालेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा खेलको १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा आन्द्रेस पेरेराले पेनाल्टीबाट गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए ।

सिटीका डिफेन्डर जाओ कान्सेलोले पेनाल्टी क्षेत्रभित्र ह्यारी विल्सनलाई लडाएपछि फुलहमले पेनाल्टीको अवसर पाएको थियो । यो फउलका कारण कान्सेलोले रातो कार्ड बेहोर्दा सिटी २६ मिनेटमै १० खेलाडीमा समेटियो ।

थप गरिएको समयमा एर्लिङ हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–१ को रोमाञ्चक जीत दिलाए । जितसँगै १३ खेलमा ३२ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिँदा पराजित फुलहम १४ खेलबाट १९ अंकका साथ आठौं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा ब्राइटन, लिड्स युनाइटेड र लेस्टर सिटीले जीत हात पार्दा ब्रेन्टफोर्ड नटिङ्घम फरेस्टसँग बराबरीमा रोकिएको छ ।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ कार्तिक २०, आईतवार ०८:२२ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ कार्तिक २०, आईतवार ०८:२२ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ कार्तिक २०, आईतवार ०८:२२ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP