एजेन्सी, अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध दक्षिण अफ्रिका १३ रनले पराजित भएको छ ।
आइतबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
उसका लागि रिली रुसोले २५, हेनरिक क्लासेनले २१, कप्तान तेम्बा बावुमाले २०, एडन मार्कम, डेविड मिलरले १७र१७, केशव महाराजल र क्विन्टन डिककले १३र१३ रन बनाए ।
नेदरल्याण्ड्सका लागि ब्रेण्डन ग्लोभरले तीन, फ्रेद क्लासेन, बासडी लीडेले दुईरदुई र पउलभान मेक्रमले एकरएक विकेट लिए ।
त्यसअघि एडिलेड्स्थित ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ५८ रन बनायो ।
उसका लागि कोलिन एकरम्यानले अविजित ४१, टम कूपरले ३५, स्टेफन माइबर्गले ३७, म्याक्स ओद’उदले २९ र स्कट इड्रवासले अविजित १२ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई, एडन मार्कम र एनरिक नोर्टजेले एकरएक विकेट लिए । दक्षिण अफ्रिकालाई हराउन सके पनि नेदरल्याण्ड्स सेमिफाइनलमा भने पुग्न सकेन ।
उसले सुपर–१२ मा पाँचमध्ये दुईमा जित र तीन खेलमा हार बेहोर्यो । नेदरल्याण्ड्सले अघिल्लो खेलमा जिम्बाब्वेलाई ५ विकेटले हराएको थियो ।
दक्षिण अफ्रिकाको हारपछि समूह ‘२’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ । यदि आज जित हासिल गरेको भए दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा तय गर्ने थियो ।
तर, यो हारपछि ऊ सेमिफाइनल दौडबाट लगभग बाहिरिएको छ । अब दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न पाकिस्तान र बंगलादेशबीचको खेल रद्द हुनुपर्नेछ ।
यस्तो हुँदा पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाको समान ५ अंक हुनेछ । त्यसो भएमा नेट रनरेटका आधारमा यी तीनमध्ये एक टोलीले सेमिफाइनलमा यात्रा तय गर्नेछ ।
यदि आजै हुने दोस्रो खेलमा पाकिस्तान र बंगलादेशमध्ये एक विजयी भएमा भने दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा पूर्णरूपमा समाप्त हुनेछ ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...