२०८० चैत्र १६
March 29, 2024, Friday

विश्व हिन्दू यूवा संघ र उम्मेदवारबीच अन्तरकृया

विश्व हिन्दू यूवा संघ र उम्मेदवारबीच अन्तरकृया

खोजि मौलिकताको, अभियान समृद्दिको खोजौ नेपाली, रोजौ नेपाली भन्ने मूल नारा लिएर बिश्व हिन्दू यूवा संघले यूवा र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारसित अन्तरकृया कार्यक्रम रेको छ ।

कार्यक्रममा बिश्व हिन्दू महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल, प्रदेशसभाका उम्मेदवार भैरब सापकोटा, राप्रपाका राजेन्द्र प्रजापति लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष अधिकारीले आर्थिक चलखेलका नाममा धर्म परिर्वतन महासंघलाई मान्य नभएको बताए । उनले धर्म निरपेक्षका नाममा धर्म खरिद बिक्री सनातन संस्कार बिपरित भएको दावी गरे ।

काँग्रेस उम्मेद्वार पौडेलले राज्यले सबै धर्म समूदायका धर्मावलम्बिलाई बिभेद नगरेकाले आर्थिक प्रलोभनमा पारेर धर्म परिर्वतन गराउनु आपत्तिजनक भएको बताए ।

विश्व हिन्दू यूवा संघका केन्द्रीय अध्यक्ष रिषीकेशजंग शाहले नेपाल हिजो कस्तो देश थियो, अहिले कस्तो भयो भन्ने कुरा बुझन पृथ्बी नारायण शाहलाई सम्झनु पर्ने बताए ।

उनले काठमाडौ, ललितपुर र भक्तपुर तन्त्रको भूमि भन्दै अहिले अंग्रेजी पढेका मानिसले भूलेको बताए ।

उनले त्यस्तो कृयाकलापमा लाग्ने जो सुकै भएपनि कारवाहीको दायरमा ल्याउनु पर्नेका जोड दिए । संघका अध्यक्ष शाहले धर्मका नाममा हुने अनैतिक कृयाकलापको यूवाले बिरोध गर्न पर्ने बताए ।

उनले जबसम्म यूवा सजग बन्दैनन तबसम्म यस्ता अनैतिक काम भइरहने बताए । यूवाहरुको उल्लेख्य रुपमा सहभागिता रहेको कार्यक्रमको अध्यक्षता यूवा संघका काठमाडौ अध्यक्ष प्रजीतजंग शाहको अध्यक्षतामा भएको थियो ।

संघले यूवासित अन्तरक्रिया कार्यक्रमलाई निरन्त्ता दिने जनाएको छ । काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ का अन्य दल र स्वतन्त्र उम्मेदवारलाई निमन्त्रण गरिए पनि सहभागी भएनन् ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ कार्तिक २०, आईतवार ०८:१६ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७९ कार्तिक २०, आईतवार ०८:१६ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ
  • २०७९ कार्तिक २०, आईतवार ०८:१६ गते

खजुरा । बाँसगढी नगरपालिका वडा नं। ४ बर्दियाका २२ वर्षीय अनिल विकल धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको...

TOP