२०८० मंसिर २१
December 7, 2023, Thursday

तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

एजेन्सी, तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।

दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो।

बीबीसीका अनुसार विमानमा रहेका २६ जना यात्रु घाइते छन्। स्थानीय र माझीहरूले डुंगाबाट यात्रुलाई उद्धार गरेका थिए।

घटनास्थलमा सबैभन्दा पहिले पुगेका माझीसँग कुरा गर्दा एक जना फ्लाइट अटेन्डेन्टले विमानको पछाडिको ढोका खोलेकाले विमानबाट केही व्यक्तिलाई बाहिर निकाल्न सफल भएको बताए।

विमान दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाको कारण खराब मौसम भनिएको छ।

भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै पर्छ। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दुस्ख व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन्।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ कार्तिक २१, सोमबार ०७:४८ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ कार्तिक २१, सोमबार ०७:४८ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ कार्तिक २१, सोमबार ०७:४८ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP