२०८० मंसिर २१
December 7, 2023, Thursday

सत्ता गठबन्धन सातुको डल्लो जस्तै हो, निर्वाचनपछि सबैको सटर बन्द हुन्छ

सत्ता गठबन्धन सातुको डल्लो जस्तै हो, निर्वाचनपछि सबैको सटर बन्द हुन्छ

स्याङ्जा, नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई सातुको डल्लो भनेका छन्। स्याङ्जामा आइतवार आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तोबताएका हुन्।

एमाले सरकार आयो भने हामी त देश छाडेर भाग्नुपर्छ भन्छन्, किन भाग्नुपर्यो देश छाडेर। तपाईंहरुको सटर चल्दैन भन्ने हो भने सटर त बन्द हुन्छु, उनले केही साताअघि बुटवलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्ति सम्झिँदै भने, खुद्रा पसलहरुको सटर चुनावपछि बन्द हुन्छ, पसल पनि बन्द हुन्छ।

उनले परमादेश सरकार १५/१६ महिना जाने बताउँदै सातुको डल्लो जस्तै गठबन्धन पनि चुनाव पनि फुटेर सकिने उल्लेख गरेका छन्।

ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएर छाड्ने बताए। सन् १९५२ मा चीनतर्फको सीमामा भारतले राखेका १७ चेक पोस्ट कांग्रेसका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले राखेका थिएु, उनले भने, त्यसलाई कीर्तिनिधि विष्टले हटाए। हामी पनि भारतले मिचेको भूमि फिर्ता ल्याएर देखाउँछौँ।

Related News

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ कार्तिक २१, सोमबार १७:२१ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ कार्तिक २१, सोमबार १७:२१ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक २१, सोमबार १७:२१ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP