धनगढी– सत्ता गठबन्धनका ३ शीर्ष नेताहरु चुनावी सभाका लागि सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडी पुग्ने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिममा नै छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सुदूरपश्चिम पुग्न लागेका हुन्।
सत्ता गठबन्धनका दलहरुले बुधबार दार्चुला र बैतडीमा चुनावी सभा गर्न लागेका छन्। केही दिन गृहजिल्ला डडेलधुराको चुनावी कार्यक्रममा व्यस्त भएका प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गरेपछि मात्रै काठमाडौं फर्किने कार्यक्रम छ।
डडेलधुराबाट धनगढी फर्किएका प्रधानमन्त्री देउवाले आफ्नो निजी निवासमै कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन्। ‘प्रधानमन्त्रीज्यू डडेलधुराबाट फर्केर अहिले धनगढी निवासमा हुनुहुन्छ।
बैतडी र दार्चुलाको कार्यक्रममा सहभागी भएपछि काठमाडौं फर्कनुहुन्छ,’ कांग्रेस कैलालीका सचिव नृप सुनारले भने।
उम्मेदवारी चयनका विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकालाई निवासमै बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव सुनारले बताए।
सचिव सुनारका अनुसार कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि प्रधानमन्त्रीले भेटेका थिए।
जोशीलाई प्रधानमन्त्रीले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको जनाइएको छ। यद्यपि, उनले प्रधानमन्त्रीसँग भेटघाट सकेर फर्केपछि सामाजिक सञ्जालमार्फत आफनो उम्मेदवारी यथावत रहेको जानकारी गराएका छन्।
प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा शसक्त रुपमा खट्न निर्देशन दिएको जनाइएको छ। उनले चुनावमै केन्द्रित रहेर प्रधानमन्त्री देउवा कार्यकर्ता छलफलमा व्यस्त रहेको बताइएको छ।
धनगढी उपमहानगरपालिका पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा २ बाट प्रदेशसभा सदस्यमा प्रकाश देउवा, प्रदेशसभा १ मा माओवादी केन्द्रका रमेश धामी उम्मेदवार छन्।
क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...