एजेन्सी, स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा रियल मड्रिड पराजित भएको छ । उसले घरेलु टोली रायो भ्यालेकानोसँग ३–२ को हार बेहोरेको हो ।
रियललाई पहिलो हार चखाउनका लागि घरेलु टोलीका सान्टी कमेसना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले गोल गरे । रियलका लुका मोड्रिच र इडर मिलिटाओले गोल फर्काए ।
स्टेडियो डि भ्यालेकसमा खेलको पाँचौं मिनेटमै कमेसनाको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । ३७ औं मिनेटमा मोड्रिचले पेनाल्टीमार्फत गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए ।
४१ औं मिनेटमा मिलिटाओले गोल गरेपछि पाहुना टोली २–१ ले अघि बढ्यो । ४४ औं मिनेटमा गार्सियाले भ्यालेकानोलाई २–२ को बराबरीमा ल्याए ।
६७ औं मिनेटमा ट्रेजोले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई ३–२ को रोमाञ्चक जीत दिलाए । यो जीतसँगै भ्यालेकानो १३ खेलमा २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
पहिलो पराजय बेहोरेको रियल समान खेलबाट ३२ अंकका साथ दोस्रो स्थानमा छ ।
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...
दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...