२०८० मंसिर २१
December 7, 2023, Thursday

ओलीलाई दाहालले दिए तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन चुनौति

ओलीलाई दाहालले दिए तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन चुनौति

दार्चुला, दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबन्धनको आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई तेस्रो चोटी प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन्।

आफूले सदनमा ओलीलाई भनेको प्रसंग स्मरण गर्दै उनले पहिलोपटक संविधान जारी गर्नका लागि ओलीलाई प्रधानमन्त्री बनाएको बताए। ‘

अब प्रधानमन्त्री बनाएर देखाउनुस्। अनि मानौंला। मैले रोस्ट्रमबाट भनेको थिएँ- तेस्रो चोटी प्रधानमन्त्री बनेर देखाउनुस्। त्यो सम्भव छैन’, दाहालले भने।

उनले ओलीले बहुमत चाहियो भन्दा आफूलाई लाज लाग्ने बताए। ‘दुई तिहाइको हुँदाखाँदाको सरकार विघटन गर्ने, दुई तिहाइको बहुमतको सरकार विघटन गर्ने, त्यत्रो विशाल पार्टीलाई विभिन्न सेटिङ मिलाएर विभाजन गरेर टुक्राटुक्रा पार्ने केपी ओली कुन नैतिकताले अब जनताको अगाडि बहुमत माग्ने ? ’, उनले भने।

दाहालको भनाइ छ, ‘केपी ओलीका लागि फेरि केका लागि बहुमत चाहियोरु संविधान च्यात्न पुगेन भनेर ? संसद्लाई पटक–पटक विघटन गरेर नेपाली जनताको अपमान गर्न बहुमत चाहियो उहाँलाई ?

अब बचेखुचेको कम्युनिस्ट आन्दोलनलाई पनि धराशायी बनाउन र ध्वस्त पार्न बहुमत चाहिएको हो ? होइन भने दुई तिहाइ त दिएका थिए त नेपाली जनताले।’

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक २३, बुधबार १५:१८ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक २३, बुधबार १५:१८ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक २३, बुधबार १५:१८ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP