डोटी, डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मंगलबार राति २ बजेर १२ मिनेट जाँदा गएको भूकम्पका कारण त्यहाँ यो मानवीय क्षतिसँगै अन्य क्षति पनि भएको छ ।
डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर ३ को गैरा गाउँमा कम्तिमा ८ घर पूर्णरुपमा भत्किएका छन् । ती घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
डोटीको खप्तड राष्टिय निकुन्ज केन्द्रबिन्दू बनाएर मंगलबार राति ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका ३ का अधिकांश घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ४० वर्षका प्रेम बोहोरा, ४० वर्षकी भगवती बोहोरा, १३ वर्षकी सीता बोहोरा, ८ वर्षका हर्क बोहोरा, १४ वर्षकी धन्सरी बोहोरा, १४ वर्षको कितुलछी बोहोरा रहेका छन् ।
त्यहाँ अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । अन्य दुई जना बेपत्ता भएको पनि प्रहरीले जनाएको छ ।
मध्यराति भूकम्पको धक्का महसुस गरेपछि बाहिर निस्किएका स्थानीयले खुला आकाशमा रात बिताएका छन् ।
पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...