२०८० मंसिर २२
December 8, 2023, Friday

डोटी भूकम्पका गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी लगियो

डोटी भूकम्पका गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी लगियो

सिलगढी, भूकम्पले घर भत्किँदा गम्भीर घाइते हुनुभएका डोटी पूर्वीचौकी गाउँपालिका –३ गैरागाउँका दुई जना महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

डोटी जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीका अनुसार जिल्ला अस्पताल डोटीमा उपचार हुन नसकेपछि ४२ वर्षीया चन्द्रा बोहरा र ५० वर्षीया बिस्ना बोहरालाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

भूकम्पमा परी घाइते तीन जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र रहेको भूकम्पले डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो।

पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेहरूमा ४ जना बालबालिका छन् ।

५० वर्षीय प्रेम बोहरा र उहाँकी छोरी १४ वर्षीया तुलसी बोहरा, ४० वर्षीया भगवती बोहरा, छोरा ८ वर्षीय हर्क बोहरा, १३ वर्षीया छोरी सीता बोहरा र १४ वर्षीया धनसरी बोहरा रहेका छन् ।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ कार्तिक २३, बुधबार १५:५१ गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ कार्तिक २३, बुधबार १५:५१ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ कार्तिक २३, बुधबार १५:५१ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP