प्युठान, प्युठानमा मंगलबार राति जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर(५,पातलकटेरीका ४६ वर्षीय खुमन थापा, उनकी श्रीमती ४६ वर्षिया बच्ची थापा, सोही ठाउँकै वर्ष ५२ कि महिमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रवक्ता सुशील थापा मगरका अनुसार बिजुवारबाट पुर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जीप प्युठान नगरपालिका९५ पुर्णागाउँ नजिक कुडापानीको घुम्टीमा मध्यरातमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा प्युठान नगरपालिका -५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरि कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीय कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षिय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते ६ जनालाई बुटवल रिफर गरिएको छ । चालक प्युठान नगरपालिका- ९ का २३ वर्षीय बिनोद केएम सामान्य घाइते रहेका छन् ।
औषधी व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...