२०८० चैत्र १६
March 29, 2024, Friday

धानको समर्थन मूल्य तोकियो

धानको समर्थन मूल्य तोकियो

काठमाडौं, सरकारले धानको समर्थन मूल्य तोकेको छ। कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

गतवर्षको तुलनामा यस वर्ष सरकारले धानको समर्थन मूल्य केही बढी तोकेको छ। धान उत्पादन लगानी केही बढी लाग्ने अनुमानसहित न्यूनतम समर्थन मूल्य केही बढी तोकिएको बताइएको छ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले तोकेको धानको समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल दुई हजार ९६७ रुपियाँ तोकिएको छ भने मध्ययम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १२८ रुपियाँ तोकेको छ।

गतवर्षको तुलनामा यो वर्ष धानको समर्थन मूल्यमा प्रतिक्विन्टल २२६ रुपियाँ बढी हो । गत वर्ष सरकारले भदौ २९ मै धानको समर्थन मूल्य तोकेको थियो। यो वर्ष भने सरकारले समर्थन मूल्य तोक्न ढिलो गरेको हो।

मोटा धान प्रतिक्विन्टल २९ सय ६७ र मध्ययम धानको समर्थन मूल्य ३१ सय २८ रुपियाँ तोकिएको छ । न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन कार्य गरिने पनि जनाइएको छ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीलाई ११२ रुपियाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ।

गत वर्ष यो कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिक टन धान खरिद भएको थियो। यो आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरिएको छ।

Related News

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७९ कार्तिक २३, बुधबार १५:५८ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०७९ कार्तिक २३, बुधबार १५:५८ गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोग नेपालमा पनि भेटियो
गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोग नेपालमा पनि भेटियो
  • २०७९ कार्तिक २३, बुधबार १५:५८ गते

काठमाडौं । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को टिटिकेटिटि पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली...

TOP