काठमाडौं । मोरङ क्षेत्र नं ३ को १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगको निर्णय अनुसार बिहीबार र शुक्रबारभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
प्रदेश १ का वनमन्त्रीसमेत रहेका थापाको निमोनियाका कारण बुधबार बिहान नोबेल अस्पताल विराटनगरमा निधन भएको थियो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज ६ गतेदेखि २३ गते निर्वाचन कार्यक्रम सञ्चालन भइ उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको थियो ।
यस्तो छ निर्वाचन कार्यतालिका
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको व्यवस्था असफल भईसकेको बताएका छन् । वर्तमान सरकार...