काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धारास्थित सिद्धार्थ होटलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
अधिकारी कात्तिक २१ गते साँझदेखि सिद्धार्थ होटलमा बसेका थिए । उनकी श्रीमतीले अधिकारी हराएको भनेर प्रहरीसमक्ष निवेदन दिएकी थिइन् ।
शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
घटनास्थलमा सुसाइड नोट नभेटिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको मैनालीले बताए ।
अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ। विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीहरूले गौशालास्थित...
सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन...