एजेन्सी, ओपनर जस बट्लर र एलेक्स हेल्सको कीर्तिमानी साझेदारीमा इङल्याण्ड आइसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।
इङल्याण्डका ओपनर जस बट्लर र एलेक्स हेल्सले पहिलो विकेटका लागि १ सय ७० रनको अविजित साझेदारी गरेपछि भारतमाथि सानदार जीत निकालेको हो।
यसअघि टि–२० विश्वकप अन्तर्गत सिड्नीमा भएको बगंलादेशविरुद्धको खेलमा दोस्रो विकेटका लागि साउथ अफ्रिकाका क्निटन डि कक र रिले रोसोउले दोस्रो विकेटका लागि १६८ रनको किर्तिमानी साझेदारी गरेका थिए।
बिहिबार भएको खेलमा भारतमाथि १० विकेटले पराजित गर्दै इङ्ग्ल्याण्ड सन् २०१७ पछि विश्वकपको फाइनलमा पुगेको हो।
सन् २०१० को च्याम्पियन टोली इङ्ग्ल्यान्ड दोस्रो पटक विश्वकपको उपाधि उचाल्न चाहान्छ। यसअघि इङल्याण्ड सन् २०१६ को फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो।
उता इङल्याण्डसँग पराजित भएसँगै ८ वर्षपछि विश्वकपको फाइनल खेल्ने योजनामा रहेको भारतको सपना अधुरै रहेको छ।
भारत १५ वर्षपछि विश्वकपको उपाधि उचाल्ने योजनामा रहेपनि इङ्ल्याण्डका ब्याटरसामु भारतका बलर निरिह देखिए।
भारतले सन् २००७ मा विश्वकपको उपाधि उचालेको थियो। सन् २०१४ को फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित भएका भारत यो पटक भने सेमिफाइनलबाट अगाडी बढ्न सकेन।
इङल्याण्डले अब उपाधिका लागि पाकिस्तानसँग आइतबार खेल्नेछ। पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो।
भारतले दिएको १ सय ६९ रनको लक्ष्य इङल्याण्डले १६ ओभरमा बिना क्षति भेट्टायो। ओपनर जस बटलर र एलेक्स हेल्स्ले १ सय ७० रनको अविजित साझेदारी गरेपछि इङल्याण्डले भारतमाथि सहज जीत निकालेको हो।
एलेक्सले ४७ बलमा ४ चौका र ६ छक्का हान्दै ८६ रनमा नटआउट रहे। कप्तन जसले ४९ बलमा ९ चौका र ३ छक्का हान्दै ८० रनमा नटआउट रहे।
त्यसअघि अष्ट्रेलियाको एडिलेडमा इल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रनको योगफल तयार पारेको थियो।
चौथो विकेटका लागि विराट कोहली र हार्दिक पाण्ड्याले ६१ रनको साझेदारी गरेपछि गरे। कोहली र पाण्ड्या दुवैले अर्धशतक पुरा गरे। पाण्ड्याले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ३३ बलमा ४ चौका र ५ छक्का हाने।
आक्रमक ब्याटिङ गरेका हार्दिकले २९ बलमा ३ चौका र ४ छक्का हान्दै अर्धशतक पुरा गरे।
कोहलीले ३९ बलमा ४ चौका र १ छक्का मद्दतमा अर्धशतक पूरा गरे। ओपनर के एल राहुल ५ रनमा आउट भए। कप्तान रोहित शर्मा २७ रनमा पवेलियन फर्के।
२८ बलको सामना गरेका राहुलले ४ चौका हाने। सुर्य कुमार यादवले १० बलमा १ छक्का र १ चौका हान्दै १४ रनमा आउट भए। रिसभ पन्त ६ रनमा रन आउट भए।
इङल्याण्डका क्रिस जोर्डनले ३ विकेट झारे। क्रिस वेक्स, अदिल रसिदले समान एक विकेट झारे।
भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु...
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा...
पोखरामा मंसिर ९ गर्ने अन्तर्राष्ट्रियस्तरको माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता हुने भएको छ । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘साझा...