२०८१ बैशाख ४
April 16, 2024, Tuesday

विदेशबाट आउने खाद्यान्न आधा घट्यो, तीन महिनामै पाँच अर्ब रुपैयाँको चामल भित्रियो

विदेशबाट आउने खाद्यान्न आधा घट्यो, तीन महिनामै पाँच अर्ब रुपैयाँको चामल भित्रियो

काठमाडौं। प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपैयाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ ।

गत वर्ष सो अवधिमा १७ अर्ब ७० करोड ८४ लाख ५२ हजार रुपैयाँको ४६ करोड ४९ लाख छ हजार केजी खाद्यान्न आयात गरेको थियो ।

चालू आर्थिक वर्षको सो अवधिमा कुल वस्तु आयातमा १६ दशमलव २० प्रतिशतले कमी आएको छ । समग्र वस्तुको आयात घट्दा खाद्यान्न आयातमा उल्लेख कमी आएको हो ।

चालू खाता घाटा, शोधानान्तर घाटा र विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण सरकारले केही वस्तु आयातमा कडाइ गरेकाले समग्र आयातमा कमी आएको हो ।

अघिल्लो वर्षको सो अवधिको तुलनामा यस वर्षको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ र धानको आयातमा कमी आएको विभागको तथ्याङ्क छ ।

गत वर्षको तुलनामा यो वर्ष गहुँ आयात ९६ प्रतिशतले कमी आएको छ भने मकै ४० प्रतिशत, धान ८७ प्रतिशत र चामल ३२ प्रतिशतले आयात घटेको छ ।

विभागका अनुसार सो तीन महिनाको अवधिमा चार अर्ब ९३ करोड ३२ लाख ५२ हजार रुपियाँ बराबरको चामल आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा सात अर्ब २१ करोड ९८ लाख रुपैयाँको चामल आयात भएको थियो ।

यस्तै तीन महिनामा चार करोड ८५ लाख २१ हजार रुपैयाँको गहुँ आयात भएको छ । गत वर्ष सोही अवधिमा गत एक अर्ब ३१ करोड १६ लाख रुपैयाँको गहुँ आयात भएको थियो ।

अघिल्लो वर्षको साउनदेखि असोजसम्ममा पाँच अर्ब ६४ करोड २५ लाख रुपैयाँको मकै र ३८ करोड ७५ लाख ७२ हजार रुपियाँ बराबरको धान आयात भएको थियो ।

यस वर्षको सोही अवधिमा मकै तीन अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँ र दुई अर्ब ८८ करोड ९३ लाख रुपैयाँको धान आयात भएको छ ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक करोड १३ लाख ५३ हजार रुपैयाँको तीन लाख ३८ हजार केजी कोदो र १८ करोड ८७ लाख २२ हजार रुपैयाँको ५५ लाख २८ हजार केजी अन्य खाद्यान्न आयात भएको छ ।

सो अवधिमा ६५ लाख रुपैयाँको जौ आयात भएको विभागको तथ्याङ्क छ । पोल्ट्री फार्मको दानाका लागि मकै बढी आयात हुने गर्छ ।

भारतले निर्यातमा प्रतिबन्ध गरेसँगै गहुँको आयातमा कमी भएको हो । रुस र युक्रेन युद्धका कारण देखाउँदै भारतले गहुँको निर्यातमा कडाइ गरेसँगै आयातमा उल्लेख्य कमी भएको हो ।

भारत सरकारले गत जेठ महिनादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो ।

Related News

नेप्से परिसूचक ओरालो लाग्यो
नेप्से परिसूचक ओरालो लाग्यो
  • २०७९ कार्तिक २४, बिहीबार ०९:०४ गते

काठमाडौँ, वैशाख ४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७९ कार्तिक २४, बिहीबार ०९:०४ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७९ कार्तिक २४, बिहीबार ०९:०४ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

TOP