२०८० मंसिर २०
December 6, 2023, Wednesday

कपन खहरेको समस्या दुई वर्षभित्रै समाधान गर्ने गगनको प्रतिबद्धता

कपन खहरेको समस्या दुई वर्षभित्रै समाधान गर्ने गगनको प्रतिबद्धता

काठमाडौं– कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र–४ का उम्मेदवार गगन थापाले कपन खहरेको समस्या दुई वर्षभित्रै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार बूढानीलकण्ठको वडा–१० मा घरदैलोका क्रममा दुई वर्षभित्र खहरेको समस्या समाधान नगरे फेरि भोट माग्न नआउने बताए।

उनले भने, ‘दुई वर्षभित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्को पटक तपाईंहरूका बीचमा मत माग्न आउँदैनौं।’ घरअगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्यसहित मत माग्न आएको उनले सुनाए।

कपनको खहरेमा सामान्य वर्षा हुँदासमेत बाढी आउँछ। बर्खाको समय कपनको बाढीले स्थानीयलाई सास्ती हुने गरेको छ।

बूढानीलकण्ठ वडा–११ र सोही पालिकाको वडा–१२ हुँदै वडा–१० तिर कपनको खहरे बग्छ। यो समस्या समाधान गर्न बाढी नियन्त्रणका लागि ‘बक्स कल्भर्ट’ बनाउने गरी नयाँ योजना अघि बढे पनि त्यसले अन्तिम रूप पाएको छैन।

आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाइएको छ। बाढीको समस्या समाधान गर्न उक्त बक्स कल्भर्ट आनी गुम्बादेखि साततलेसम्म बन्नुपर्दछ।

माथिल्लो भागमा बक्स कल्भर्ट बन्ने प्रक्रिया सुरु भए पनि तल्लो भागतिर निर्माणले गति लिएको छैन।

https://www.facebook.com/watch/?extid=NS-UNK-UNK-UNK-AN_GK0T-GK1C&v=882078142952993

https://www.facebook.com/watch/?v=882078142952993

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ कार्तिक २५, शुक्रबार १७:३१ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ कार्तिक २५, शुक्रबार १७:३१ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
रुसी सेनामा नेपाली पठाउने गिरोहका १२ जना पक्राउ
  • २०७९ कार्तिक २५, शुक्रबार १७:३१ गते

 रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...

TOP