२०८० मंसिर २१
December 7, 2023, Thursday

झापा ५ मा केपी ओलीको छैठौँ जीतमा गठबन्धनका अधिकारी बाधक बन्न सक्ने

झापा ५ मा केपी ओलीको छैठौँ जीतमा गठबन्धनका अधिकारी बाधक बन्न सक्ने

झापा, आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवार युग पाठक पनि यसै क्षेत्रमा उम्मेदार छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो ।

कांग्रेस उम्मेदवार अधिकारीलाई ओलीले २८ हजार आठ सय ४२ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने यस पटक उसलाई अन्य दलको साथ छ ।

अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो । यसपटक पनि उक्त साथ कायमै छ ।

झापा क्षेत्र नं ५ मा स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवार तथा दलका प्रतिनिधि मतदातालाई रिझाउन घरघरमा गइरहेका छन् ।

संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन । उनको झापा आगमन र घरदैलो कार्यक्रम बाक्लिएको छ ।

ओली पाँच पटक लगातार यस क्षेत्रबाट निर्वाचित भएका छन् । २०४८, २०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भएका ओली संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा ७ बाट विजयी भए । २०७४ सालमा भने उनि झापा(५ बाट निर्वाचित भएका हुन् ।

झापा–५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो । एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो ।

स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आँकलन गरिएको छ । तथापि स्थानीय तहको जस्तो निर्वाचन नभएर आमचुनाव भएकाले त्यसले खासै असर नपार्ने विश्लेषक बताउँछन् ।

वडागत रुपमा भने एमाले बलियो छ । क्षेत्र नम्बर ५ भित्र पर्ने चार पालिकामा २९ वडा छन् । गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि सातसम्म एमालेले चार वटामा जितेको थियो ।

कांग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । गौरीगञ्ज गाँउपालिकामा पर्ने चार वडा वडा ९३, ४, ५ र ६० मध्ये तीनमा एमालेले जितेको थियो ।

दमक नगरपालिकाका–१० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो ।

यस्तै एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा वडाध्यक्ष जितेको थियो भने कांग्रेसले १, माओवादी केन्द्रले एउटा तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो ।

स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार छ सय १९ पाएको छ भने कांग्रेसले २२ हजार, माओवादी केन्द्रले १० हजार सात सय ८८ र राप्रपाले आठ हजार तीन सय ५९ तथा एकीकृत समाजवादीले एक हजार नौ सय ८८ मत पाएको छ ।

सो क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार नौ सय ७८ छ । सत्ता गठबन्धनको मत ३४ हजार सात सय ७६ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा झापाकै सबैभन्दा बढी मतदाता छन् । यहाँ एक लाख ५४ हजार दुई सय ८९ मतदाता छन् ।

दुई अन्य, पुरुष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार दुई सय २० छ । यस निर्वाचन क्षेत्रमा मतदानस्थल ६१ तथा मतदान केन्द्र एक सय ७६ कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

यो क्षेत्र एमाले अध्यक्ष ओलीका कारण लामो समयदेखि केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ । त्यसैले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं ५ मा चर्चामा छ ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ कार्तिक २५, शुक्रबार ०९:३६ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ कार्तिक २५, शुक्रबार ०९:३६ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ कार्तिक २५, शुक्रबार ०९:३६ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP