चितवन, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न आमसञ्चार माध्यमसँग आग्रह गरेका छन् ।
उनले मतदान गर्ने दिन नजिकिँदै गएकाले मतदान गर्ने तरिकालाई समाचारमा प्रस्फुटित गर्न पनि आग्रह गरे ।
गोरखापत्र संस्थानले बागमती, गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला समाचारदाताहरूका लागि निर्वाचन समाचार लेखन अनुशिक्षणको शुक्रवार सौराहामा उद्घाटन गर्दैँ प्रमुख आयुक्त थपलियाले सामाजिक सञ्जालको सदुपयोग गरेर शिष्ट भाषामा निर्वाचनको प्रचार प्रसार गर्न सकिने बत्ताए ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर दुष्प्रचार घृणास्पद अभिव्यक्ति र भ्रमपूर्ण सूचना प्रवाह नगर्न पनि उनले आग्रह गरे ।
चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सञ्चारकर्मीले निर्वाचन सुरक्षालाई ध्यानमा दिएर कलम चलाउन आग्रह गरे ।
उनले आचार संहिताको पालना गर्न सवैसँग आग्रह गर्दै पालना नगर्ने जो कोहीलाई पनि कारबाही गर्ने बर्ता । चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचनसँग सम्बन्धित सही र तथ्यपूर्ण अवस्था देखाउन पत्रकारलाई आग्रह गरे ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रले निर्वाचनका समाचार प्रकाशन र प्रसारण गर्दा सन्तुलन कायम गरिरहेको र यसलाई निरन्तरता दिने बर्ताए ।
आचार सहित पालना गरेर सूचना प्रवाह गर्न समाचारदाताहरुसँग आग्रह गर्दै अध्यक्ष सुवेदीले मतदाताहरूलाई मतदान प्रति उत्साहित र प्रोत्साहित हुने खालका समाचार लेख्न पनि सुझाव दिए ।
संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थान आम निर्वाचनलाई सफल बनाउन दृढता पूर्वक लागि परेको बताए ।
राष्ट्रिय दायित्व भएकाले गोरखापत्र संस्थानका सबै प्रकाशनहरूले जिम्मेवारी पूर्वक निर्वाचनको समाचार सामाग्री सम्प्रेषण गरिरहेको उनले बताए ।
उनले समाचारदाताहरूले समाचार लेख्दा मतदाताको चासोलाइ सम्वोधन र उहाँहरूलाई सुसूचित गराउने खालका सामाग्रीहरु प्रकासनमा जोड दिने बताए ।
कार्यक्रममा गोरखापत्रका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राईजिङ नेपालका प्रधान सम्पादक भीमशेन थपलिया, सञ्चार विज्ञ प्रतीक प्रधान, नायव कार्यकारी सम्पादक केपी गौतम गोरखापत्र अनलाइनका सम्पादक नारद गौतम लगायतले निर्वाचनमा समाचार लेखन, समाचार दाताले ध्यान दिनुपर्ने कुराहरू, मतगणना पछिको समाचार लेखनका विषयमा प्रशिक्षण दिँदै छन् ।
कुमार विवेकानन्द मिश्र, प्रशासन तथा व्यापार विभागका निर्देशक ओमप्रकाश भुसाल, संस्थानका प्रवक्ता कविता कार्की, गण्डकी प्रदेशका संयोजक रमेश पौडेल, लुम्बिनी प्रदेशका संयोजक श्यामसंकर पाण्डे लगायत तीन प्रदेश जिल्ला समाचारदाताहरूको सहभागिता रहेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय...
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी...