२०८० मंसिर २१
December 7, 2023, Thursday

बीपीबालाई कांग्रेसले बिर्से पनि लिङ्देनले सम्झिरहेका छन् : अभिनेत्री मनीषा कोइराला

बीपीबालाई कांग्रेसले बिर्से पनि लिङ्देनले सम्झिरहेका छन् : अभिनेत्री मनीषा कोइराला

काठमाडौं– बीपी कोइरालाकी नातिनी तथा अभिनेत्री मनीषा कोइरालाले बीपीको आदर्शलाई कांग्रेस र अरूहरूले बिर्से पनि राप्रपा र यसका अध्यक्ष राजेन्द्र लिङ्देनले पछ्याइरहेको दाबी गरेकी छन्।

शुक्रबार पोखरामा भएको राप्रपाको जनसभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएकी हुन्।

उनले तात्कालीन राजा महेन्द्र र बीपीबीच राम्रो सम्बन्ध हुँदाहुँदै पनि मुलुकले ठूलो अवसर गुमाएकाले बीपीलाई सम्झेर राप्रपालाई भोट दिन मतदातालाई आग्रह गरिन्।

उनले भनिन्, ‘कांग्रेसले, सबैले बीपीलाई बिर्सेलान् तर राजेन्द्र लिङ्देनले बिर्सनुभएको छैन। राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपीबाले देखाएको राष्ट्रिय मेलमिलापको बाटो उहाँले उठाउनुभएको छ।

त्यस कारण मैले राप्रपालाई समर्थन गरेकी हुँ। उहाँका सबै कुरा असाध्यै ठीक छन्। भ्रष्टाचार गरे आमाको रगत खाएसरह हो भन्ने कुराले प्रभावित बनाएको छ।’

मनीषाले बीपी र राजा महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दू राज्य फिर्ता गराए पूरा गर्ने समय आएको सुनाइन्।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ कार्तिक २५, शुक्रबार १७:२७ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक २५, शुक्रबार १७:२७ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक २५, शुक्रबार १७:२७ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

TOP