२०८१ बैशाख ७
April 19, 2024, Friday

आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्ने मेसिन त्रिवि शिक्षण अस्पतालमा, भारतमा भन्दा सस्तो शुल्क

आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्ने मेसिन त्रिवि शिक्षण अस्पतालमा, भारतमा भन्दा सस्तो शुल्क

काठमाडौं। नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको दाबी गरे ।

कार्यकारी निर्देशक डा। श्रेष्ठले उक्त मेसिन बिरामीका लागि धेरै फाइदाजनक भएको बताए । उनका अनुसार मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको छ ।

उनले कार्डियो भास्कुलर हाइब्रिड थिएटर अत्यधिक गुणस्तरीय रहेको भन्दै उक्त अपरेसन थिएटर नेपालमा पहिलो पटक ल्याउन सकेको बताए।

अन्य सरकारी तथा निजी अस्पतालमा उक्त अपरेसन थिएटर नभएको उनको भनाइ छ ।

श्रेष्ठले मुटुको शल्यक्रिया र क्याथ ल्याब उपचार एकसाथ गर्न सक्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’का लागि नेपालीले भारतमा गएर १५/२० लाख खर्चने गरेको भन्दै नेपालमा भारतमा भन्दा सस्तो मूल्यमा उक्त सेवा दिने बताए ।

उनले कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा लिइसकेको जानकारी दिए । स्क्यान गर्ने मेसिन त्रिवि शिक्षण अस्पतालमा, भारतमा भन्दा सस्तो शुल्क

Related News

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ कार्तिक २५, शुक्रबार ०९:२७ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ कार्तिक २५, शुक्रबार ०९:२७ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७९ कार्तिक २५, शुक्रबार ०९:२७ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

TOP