२०८० मंसिर २१
December 7, 2023, Thursday

आसन्न चुनावबाट गठबन्धनको कम्फर्टेबल बहुमत आउँछ : अध्यक्ष दाहाल

आसन्न चुनावबाट गठबन्धनको कम्फर्टेबल बहुमत आउँछ : अध्यक्ष दाहाल

चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावबाट गठबन्धनको कम्फर्टेबल बहुमत आउने दाबी गरेका छन् ।

शनिबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले राजनीतिक दुर्घटना र प्रतिगमनको खतरा रहने बेलासम्म गठबन्धन कायम राख्ने बताए ।

प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रमध्ये दुईवटा संघीय निर्वाचन क्षेत्रमा कांग्रेस र एउटामा माओवादी केन्द्रका उम्मेदवार छन् ।

त्यसैगरी प्रदेशसभामा तीन वटामा कांग्रेसका, दुईवटामा माओवादी केन्द्रका र एउटामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार छन् ।

०७४ को निर्वाचनमा अध्यक्ष दाहाल चितवन–३ बाट विजयी भएका थिए । आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव लड्ने चर्चा भएपनि अन्तिम समयमा गोरखा क्षेत्र नं २मा चुनाव लड्न गएका छन् ।

एमालेले दुईवटा संघीय क्षेत्रमा मात्रै उम्मेदवार उठाएको छ । क्षेत्र नम्बर ३ मा कांग्रेसबाट विद्रोही उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक २६, शनिबार १९:४२ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक २६, शनिबार १९:४२ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक २६, शनिबार १९:४२ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP