२०८० मंसिर २१
December 7, 2023, Thursday

एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं, प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान भएको फाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ३९ ओभरमा अलआउट हुनु पूर्व १७९ रन जोड्यो । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा घटाइएको थियो ।

उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझाएको छ । सेमिफाइनलबाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार प्राप्त गर्‍यो ।

फाइनलमा आर्मीका लागि रोहित पौडेलले ४९ रन बनाए । जितेन्द्र मुखियाले नटआउट २४, सुशन भारीले १९, राजेश पुलामीले १६, कुशल मल्लले १६, हरि चौहानले १५ रन बनाए ।

एपीएफका लागि मौसम ढकाल र अमर रौटेलाले समान तीन तीन विकेट लिए । यस्तै किशोर महतोले २ विकेट लिए ।

१८० रनको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा पुरा गर्‍यो । यसका लागि भुवन कार्कीले ५५ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै सुमित महर्जनले ३४, प्रदीप ऐरीले, सन्दीप जोराले १७, र शरद भेशवाकरले नट आउट १६ रन बनाए । यस्तै आसिफ शेखले १४ रन जोडे ।

आर्मीका जितेन्द्र मुखियाले दुई विकेट लिए । यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले समान एक एक विकेट लिए ।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ कार्तिक २६, शनिबार २०:११ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ कार्तिक २६, शनिबार २०:११ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ कार्तिक २६, शनिबार २०:११ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP