२०८० मंसिर २१
December 7, 2023, Thursday

पाकिस्तानलाई पराजित गर्दै टी–२० विश्वकपको उपाधि इङ्ल्याण्डलाई

पाकिस्तानलाई पराजित गर्दै टी–२० विश्वकपको उपाधि इङ्ल्याण्डलाई

एजेन्सी, पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। मेल्बर्न क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा इङ्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

१३९ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले ६ बल अगाडी पाँच विकेट गुमाएर पुरा गरेको थियो । उसका लागि बेन स्टोक्सले अविजित ५२ रन बनाए । यस्तै जोस बटलरले २६ रनको योगदान गरे ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । इङ्ल्याण्डका बलरसामु पाकिस्तानका कुनै पनि ब्याट्स्म्यान खुलेर खेल्न नसकेपछि सामान्य लक्ष्य दिएको थियो ।

शान मसुदले ३८ र बाबर आजमले ३२ रन बनाउनुवाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन । इङ्ल्याण्डका लागि साम करनले ३ तथा क्रिस जोर्डन र आदिल रशीदले २–२ विकेट लिए।

विजेता इङ्ल्याण्डले ट्रफीसँगै १६ लाख अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता पाकिस्तानले ८ लाख अमेरिकी डलरमा चित्त बुझाएको छ ।

पराजित भएका सेमिफाइनलका टोली भारत र न्यूजिल्याण्डले जनही ४ लाख अमेरिकी डलर प्राप्त गरेका छन् ।

यसअघि इङ्ल्याण्डले सन् २०१० मा उपाधि जितेको जितेको थियो।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ कार्तिक २७, आईतवार १८:५६ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ कार्तिक २७, आईतवार १८:५६ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ कार्तिक २७, आईतवार १८:५६ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP