सुर्खेत, नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सकिन लागेको माओवादी पार्टीलाई एमाले पार्टी र आफूले उद्धार गरेका बताएका छन् ।
कालिकोटका रास्कोट नगरपालिकाको स्युना बजारमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले माओवादीको उद्धार गरेको र पछि धोका पाएको बताएका हुन् ।
पुस्पकमल दाहाललाई सह-अध्यक्ष बनाए । माओवादीसँग मिलेर एउटै घोषणापत्र ल्यायौं । चुनावमा ३६ सिट जिताएँ । सिद्धिन्न लागेको माओवादीलाई बचाए ।
पार्टी एकीकरण गरे ।’ ओलीले भने, ‘आफैँ अल्मपत पर्नेगरी मैले उनीहरूलाई पार्टीमा हैसियत दिएँ । तर, उनीहरूले त्यो गुन तिर्न सकेनन् ।’
केही दिनअघि माओवादी अध्यक्ष दाहालले रास्कोटमा आएर झुट बोलेको अध्यक्ष ओलीले आरोप लगाए ।
‘कांग्रेसका पछि लागेर यही रास्कोटमा आएर झुट कुरा गर्ने । केपी ओलीले प्रतिगमन गर्रयो भन्ने ? ’ उनले भने,‘मैले जनमतका लागि चुनावमा जाउँ पो भनेको हुँ ।’
उनले भने,‘जनयुद्धका नाममा आफन्तलाई सेवा सुबिधा दिइरहेका छन् । घाइते, अपांग र शहीद परिवारले के पाएका छन् ? ’ अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार हाँडीघोप्टे भएको संज्ञा दिए ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...