काठमाडौंं, महोत्तरी घर भई काठमाडौंमा कार्यरत डा. पंकज चौधरीले दाइजो नल्याएको भन्दै श्रीमतीलाई कुटपिट गर्दै घर निकाला गरेका छन्।
ससुरालीले काठमाडौंमा घर दाइजो नदिएको भन्दै पंकजले श्रीमती नेहा चौधरीलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
कुटपिट गर्ने पंकजविरुद्ध जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले घरेलु हिंसाको मुद्दा दर्ता गरेको छ।
महोत्तरी प्रहरीको महिला सेल प्रमुख भरत ठाकुरले भने ‘‘कात्तिक ४ गते उजुरी आएको थियो। उजुरीका आधारमा अनुसन्धान गरेर पंकजलाई हिरासतमा राखेर मुद्दा चलाइयो। पछि उनी तारेखमा छुटेका छन्। मुद्दा चलिरहेको छ।’’
महोत्तरी रामगोपालपुरका डा. पंकजसँग महोत्तरीकै औराहीकी नेहा चौधरीबीच आठ महिनाअघि विवाह भएको थियो। विवाह भएको केही दिन बितेपछि आफूलाई श्रीमान्, सासू र नन्दहरूले गाली र अभद्र व्यवहार गर्न थालेको नेहाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
नेहाले आफू दुःख सुख गरी घरमा बसिरहेको र श्रीमान् काठमाडौंमा बसेको उल्लेख गरेकी छिन्। ‘मलाई नि आफूसँग राख्नु भन्नेबित्तिकै मलाई पटक–पटक कुटपिट गर्नु हुन्थ्यो,’ नेहाले फेसबुकमा लेखेकी छिन्।
सामाजिक सञ्जालमा नेहाको पोस्ट भाइरल भइरहेको छ। फेसबुकमा ‘जस्टिस फर नेहा’ अभियान चलाइएको छ। काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत पंकज भने अहिले अस्पतालको सम्पर्कमा नभएको एक कर्मचारीले बताए।
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ। विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीहरूले गौशालास्थित...
सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन...