२०८० मंसिर २१
December 7, 2023, Thursday

निर्वाचन आयोगले उम्मेदवारको पक्ष विपक्षमा उभिने प्रहरीमाथि तत्काल कारबाही गर्ने

निर्वाचन आयोगले उम्मेदवारको पक्ष विपक्षमा उभिने प्रहरीमाथि तत्काल कारबाही गर्ने

काठमाडौं, निर्वाचन आयोगले उम्मेदवारहरुको पक्षरविपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।

आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका छन् ।

उनले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्षरविपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए ।

भण्डारीले कनैपनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्षरविपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यामहरुलाई आग्रह गरे । भण्डारीले निर्वाचनलाई असर पार्ने खालका कुनैपनि क्रियाकलाप गर्न नपाईने पनि बताए ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनैतिक दलका नेता कार्यकर्ता उम्मेद्वारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्षरविपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने उनको भनाई छ ।

आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतकाकार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढंगले निगरानी राखेको पनि दाबी गरे ।

निर्वाचन आयुक्त भण्डारीले भने, “दलहरुको पक्ष र विपक्षमा स्थानीय प्रशासन लाग्दैन भन्नेमा हामी ढुक्क छौं । कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरुको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ ।

यति ठूलो जोखिम उठाउनु पर्छ कि उहाँहरुको त्यो सेवाअवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्नसक्छ ।”

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिने पनि बताएको छ । अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारहरुले आचारसंहीता उल्लंघनको घटना बढाउने सक्ने आँकलन गरी आयोगले सोही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको भण्डारीले बताए ।

उनले भने, “आचारसंहीता कुनैपनि ठाउँमा उल्लंघनहुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ भनेर हामी सबै पनि सचेतभएर लागेका छौं ।

यसको अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउनसक्छ त्यसो भएर तपाईहरु सचेत भएर कारबाही गर्नुस् भनेर हामीले भनिसकेका छौं ।

त्यसो हुनाले आयोगलाई लाग्छ कि, अब यस्ता किसिमका घटनाहरुहुँदैनन् । सबै अनुशासित भएर, आचारसंहीताको परिधिभित्र रहेर आचारसंहिताको ख्याल गर्नुहुन्छ ।”

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक २८, सोमबार १०:३४ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक २८, सोमबार १०:३४ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक २८, सोमबार १०:३४ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP