२०८० मंसिर १३
November 29, 2023, Wednesday

नेपाल र यूएईको एकदिवसीय शृङ्खला आजदेखि, कप्तान पौडेलको लागि परीक्षा

नेपाल र यूएईको एकदिवसीय शृङ्खला आजदेखि, कप्तान पौडेलको लागि परीक्षा

काठमाडौं, नेपाल र यूएईबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आज सोमबारदेखि सुरु हुँदैछ। खेल विहान ९ बजे त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

यूएईले नेपालमा पहिलोपटक एकदिवसीय शृङ्खला खेल्न लागेको हो । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ६ पटक खेल भएको छ ।

नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ । यो शृङ्खला नेपालका नवनियुक्त कप्तान रोहितकुमार पौडेलको लागि परीक्षा जस्तो हो ।

बलात्कार आरोपमा नियमित कप्तान सन्दीप लामिछाने जेल परेपछि रोहितले टोली सम्हाल्ने मौका पाएका हुन् । नेपाली क्रिकेट इतिहासमा सबैभन्दा कान्छो कप्तान बनेका रोहितले यूएईसँगको खेलमा आफू र आफ्नो टिमलाई बलियो प्रमाणित गराउनुपर्नेछ ।

शनिबार त्रिवि मैदानमा पत्रकारहरुसँगको कुराकानीमा रोहितले भनेका छन्, ‘राष्ट्रिय टिममा स्थान पाउनु नै ठूलो कुरा हो ।

झन्, कप्तानकै जिम्मेवारी पाउनु मेरो लागि सपना पूरा भएजस्तै हो ।’ नेपाल भ्रमणमा रहेको युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।

Related News

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज
भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज
  • २०७९ कार्तिक २८, सोमबार ०७:३६ गते

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु...

आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै
आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै
  • २०७९ कार्तिक २८, सोमबार ०७:३६ गते

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा...

पोखरामा मंसिर ९ गते क्रस–कन्ट्री दौड, चीनबाट १५० जना खेलाडी आउने
पोखरामा मंसिर ९ गते क्रस–कन्ट्री दौड, चीनबाट १५० जना खेलाडी आउने
  • २०७९ कार्तिक २८, सोमबार ०७:३६ गते

 पोखरामा मंसिर ९ गर्ने अन्तर्राष्ट्रियस्तरको माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता हुने भएको छ । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘साझा...

TOP