काठमाडौं, दशैंतिहार शुरू भएसँगै खानेतेलको मूल्य केही घटे पनि फेरि बढ्न थालेको छ । रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहारमा घटेको थियो । तर, फेरि अहिले आएर बढ्न थालेको हो ।
तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ । हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको बताइएको छ ।
दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ ।
३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ ।
केही समय तेलको मूल्य अझै बढ्न सक्ने उद्योगी बताउँछन् ।
नेपाली बजारमा सुनकाे मूल्यमा लगातार तीन दिन रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा सोमवारयता नयाँ रेकर्ड कायम भइरहेको छ...
हिजो आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११...