२०८० मंसिर २१
December 7, 2023, Thursday

रुसबाट मुक्त भएको खेरसन सहरमा कर्फ्यु र त्रास, फेरि ठूलो आक्रमणको चेतावनी

रुसबाट मुक्त भएको खेरसन सहरमा कर्फ्यु र त्रास, फेरि ठूलो आक्रमणको चेतावनी

एजेन्सी, रुसबाट मुक्त गरेको खेरसन सहरमा युक्रेनले कर्फ्यु लगाएको छ । रुसी सेनाले पूर्ण रुपमा खेरसन सहर नछाडेको र नजिकैको दिनिप्रो नदीमा ठूलो क्याम्प बनाएर बसेकाले जोखिमलाई ध्यान दिएर युक्रेनले कर्फ्यु लगाएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

कर्फ्युसँगै शहर भित्र र बाहिर यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको छ । सुरक्षा स्थिति तनावपूर्ण बनेको खबरमा उल्लेख छ ।

खेरसनमै रहेका रुस समर्थित युक्रेनी लडाकु र रुसी सेनाले पुनस् बलियो आक्रमण गर्ने त्रास फैलिएको छ ।

खेरसनका अधिकारीहरूले नोभेम्बर १३ देखि १९ सम्म नदी यातायातको प्रयोगमा प्रतिबन्ध लगाएका छन्।

भागेका स्थानीयहरूलाई उनीहरूको घरमा बम र विष्फोटक पदार्थको जाँच नभएसम्म नफर्किन चेतावनी दिइएको छ।

खेरसनका गभर्नर यारोस्लाभ यानुशेभिचले नागरिकहरूलाई भीडभाड हुने ठाउँहरूबाट टाढा रहन र सोमबार शहरको केन्द्रबाट टाढा रहन भनेका छन् किनभने त्यहाँ सेनाले बम निष्कृय गर्नेछ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसीहरूले खेरसनका सबै महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेका र शहरलाई बिजुली, पानी र सञ्चारबाट वञ्चित गरेका बताएका छन् ।

गभर्नर यानुशेभिचले खेरसन र आसपासका क्षेत्रका बासिन्दाहरूलाई दाउरा वितरण गर्ने घोषणा गरेका छन् । नगरपालिकाले स्थानीय बासिन्दालाई ६ हजार साना स्टोभ वितरण गर्ने योजना पनि बनाएको छ ।

रुसी सेनाले सहर छाडेपछि युक्रेनी सेना विजयउत्सव मनाउँदै गएको शुक्रबार खेरसनमा प्रवेश गरेको थियो ।

गएको मार्च महिनामा युक्रेनमा आक्रमण थालेपछि रुसले नियन्त्रणमा लिएको पहिलो रणनीतिक सहर खेरसन नै हो ।

तर, रुसले एकाएक खेरसनबाट सेना फिर्ता गर्ने निर्णय गर्नुलाई उसको चलाखपूर्ण र रणनीतिक कदमका रुपमा ब्याख्या गरिएको छ ।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ कार्तिक २८, सोमबार ०७:५७ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ कार्तिक २८, सोमबार ०७:५७ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ कार्तिक २८, सोमबार ०७:५७ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP