२०८० मंसिर २१
December 7, 2023, Thursday

अब एमालेमा कुनै गुटबन्दी छैन : अध्यक्ष ओली

अब एमालेमा कुनै गुटबन्दी छैन : अध्यक्ष ओली

चितवन, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले स्थिर सरकारका लागि आगामी निर्वाचनमा नेकपा एमालेले जित्नुपर्ने बताएका छन् ।

एमाले चितवनले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा स्थिर सरकार बन्न नसकेको भन्दै अब स्थिर सरकारका लागि एमालेलाई मतदान गर्नुपर्ने बताए ।

‘जोसँग भिजन, मिसन, नीति, कार्यक्रम योजना छ, त्यो सरकारमा जानुपर्छ,’ जनतालाई कसरी सुखी र खुशी बनाउने, देशलाई सम्बृद्ध कसरी बनाउने त्यो ठाउँमा कसरी पुग्ने भन्ने एमालेको उद्देश्य रहेको भन्दै उनले थपे, ‘जोसँग नीति छ त्यस्ले स्थिर सरकार बनाउँदै नीति कार्यान्वयन गर्न समय पाउनुपर्छ ।’

सामाजिक न्याय र समानतासहितको सम्वृद्धि नै समाजवाद भएको भन्दै उनले त्यसको प्राप्तिका निम्ति एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।

‘अब पार्टीमा गुटबन्दी छैन, पार्टी एक ढिक्का छ । यो सत्य र तथ्यलाई मनन गरेर अघि बढ्नुस्,’ ओलीले भने । उनले एमालेको सरकार एमालेका लागि नभइ आम जनताको खुसीका लागि भएको पनि बताए ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ कार्तिक २९, मंगलवार ०८:४७ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक २९, मंगलवार ०८:४७ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक २९, मंगलवार ०८:४७ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

TOP