एजेन्सी, अमेरिकामा तीन फुटबल खेलाडीको हत्या गरिएको छ । युनिभर्सिटी अफ भर्जिनिया टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको हो ।
आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुईजना घाइते भएका छन् ।
युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरूमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । एक संदिग्ध पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ ।
मारिनेहरूमा भर्जिनियाबीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन् ।
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...
इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्राेही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको...