२०८० मंसिर २२
December 8, 2023, Friday

नेप्से परिसूचक ६.५९ अंकले गिरावट

नेप्से परिसूचक ६.५९ अंकले गिरावट

काठमाडौ, मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार २१.२९ अंक बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दूमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ इण्डेक्स ०.४० अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ । सोमबार ९४ करोडबराबरको सेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ ।

जसमा व्यापार, निर्जीवन बिमा र बैंकिङ उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ ।

मंगलबार सिटिजन्स म्युचुअल फण्ड १ को एकाइ मूल्य ४.५८ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ । तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ८.५६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

Related News

दुई दिन घटेको सुनको मूल्य फेरि उकालो लाग्दै
दुई दिन घटेको सुनको मूल्य फेरि उकालो लाग्दै
  • २०७९ कार्तिक २९, मंगलवार १६:२८ गते

मंगलवारयता दुई दिन घटेको सुनको मूल्य बिहीवार (आज) आज भने बढेको छ । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य २००...

सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै
  • २०७९ कार्तिक २९, मंगलवार १६:२८ गते

सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ कार्तिक २९, मंगलवार १६:२८ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP