२०८० मंसिर २१
December 7, 2023, Thursday

भोट हालेर फर्किने गरी प्रधानमन्त्री देउवा फेरि गृह प्रदेश जाँदै

भोट हालेर फर्किने गरी प्रधानमन्त्री देउवा फेरि गृह प्रदेश जाँदै

काठमाडौं, देशका विभिन्न भागमा निर्धारित सबै कार्यक्रमहरू रद्द गरेर प्रधानमन्त्री शेरवहादुर देउवा फेरि गृह प्रदेश जाने भएका छन्।

कांग्रेसका सभापतिसमेत रहेका देउवा बुधबार गृह प्रदेश सुदूरपश्चिम जाने भएका हुन्।

देउवा सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देउवाको सचिवालयका अनुसार उनी मंसिर ४ गते भोट हालेर काठमाडौं फर्किने कार्यक्रम छ।

सचिवालयका अनुसार देउवा मंगलबार विहान साढे ९ बजे काठमाडौंबाट नवलपरासी जाने कार्यक्रम तय भएको छ।

उनले आजै पूर्वी रुकुम र दैलेखमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। देउवा आज राति धनगढी बस्ने कार्यक्रम छ।

बुधबार देउवा गृह जिल्ला डडेल्धुरा जाने र त्यहाँ भागेश्वरको बोगटा, अजयमेरूको देवलदिप्यपुर र चमडा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

त्यसैदिन उनले बैतडीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी त्यो दिन बेलेकी धनगढी बस्ने छन्।

देउवाले बिहीबार अछाम र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने र राति धनगढी बस्ने छन्। मौन अविधभर उनी डडेल्धुरामा बस्ने र मत हालेर काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।

देउवाको निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट प्रतिस्पर्धा गरिरहेका युवा उम्मेद्वार सागर ढकाल चुनाव लडिरहेका छन्।

सोही निर्वाचन क्षेत्रबाट देउवाकै पूर्व सहयोगी कर्ण मल्ल नेकपा एमालेको समेत सहयोगमा नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ कार्तिक २९, मंगलवार ०९:१३ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ कार्तिक २९, मंगलवार ०९:१३ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ कार्तिक २९, मंगलवार ०९:१३ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP