काठमाडौं, सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मंसिरमा बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।
निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो ।
गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...