जनकपुर, हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको श्री सीताराम विवाह पञ्चमी महोत्सवका लागि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा तयारी तीव्र पारिएको छ ।
त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता जानकीबीच भएको विवाहको स्मरणमा यही मंसिर ७ गतेदेखि सुरु हुने रामजानकी विवाह पञ्चमीको तयारी सुरु भएको हो ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामजानकी विवाह पञ्चमीलाई भव्य रुपमा मनाउने तयारी गरिएको जानकारी दिए ।
अतिथि आमन्त्रण तथा भारतबाट जयन्तीलाई निम्त्याउने कार्य भइरहेको सहायक महन्थ दासले बताए । शौचालय, खानेपानी र सरसफाइका लागि स्थानीय सरकारसँग पनि उनले छलफल जारी रहेको बताउँदै सुरक्षा र सवारी व्यवस्थापनका लागि सुरक्षा निकायलाई आग्रह गरिएको बताए ।
मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रूपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइँदै आइएको छ ।
महोत्सव अन्तर्गत मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला, तेस्रो दिन ९ गते धनुषयज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौ दिन मंसिर ११ गते मटकोर, छौटौं दिन मंसिर १२ गते स्वयंवर र सातौं तथा अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ ।
हिन्दूहरुको आस्थासित जोडिएको भगवान सीताराम विवाह महोत्सवको प्रमुख अतिथि यस पटक भारत उत्तराखण्डका पर्यटन मन्त्री सतपाल सिंह रावत ‘सतपाल महाराज’ रहने भएका छन् ।
विवाह पञ्चमी महोत्सवमा सहभागी हुन सन्त सतपाल महाराज जनकपुरधाम आउने
यस वर्ष विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतीय जनता पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सन्त सतपाल महाराज मंसिर १२ गते जनकपुरधाम आउने भएका छन् ।
उत्तराखण्ड सरकारमा सतपाल महाराजले झण्डै १० वटा मन्त्रालयको कार्यभार सम्हालेका छन् । सतपाल महाराजले उत्तराखण्डको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
सतपाल महराजको भ्रमणले मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको उत्तराखण्डबीच धार्मिक, सांस्कृतिक सम्बन्ध विस्तारमा मद्दत मिल्ने छ ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...