२०८० मंसिर २०
December 6, 2023, Wednesday

पत्रकारको सवारी साधन तोडफोड गरिएकोप्रति महासंघको आपत्ति

पत्रकारको सवारी साधन तोडफोड गरिएकोप्रति महासंघको आपत्ति

काठमाडौ, नेपाल पत्रकार महासंघले महासंघ, झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई समाचारको विषयलाई लिएर भएको आक्रमण र घिमिरे सवार सवारी साधनमा भएको तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ झापा शाखाका अनुसार २०७९ कात्तिक २९ गते बिर्तामोडस्थित पपुलर होटलमा खाजा खान बसेको अवस्थामा पत्रकार घिमिरेमाथि अचानक होटल प्रवेश गरेका स्थानीय नितेश डाँगी नाम गरेका व्यक्तिले ‘समाचार किन लेखेको’ भन्दै सिसाको बोतल प्रहार गर्नुका साथै पत्रकार घिमिरेको सवारी साधनमा ईंटा प्रहार गरी तोडफोड गरेका थिए।

‘संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी कारबाहीको प्रक्रियामा जान सकिने प्रवाधान हुँदाहुँदै पत्रकारमाथि आक्रमण गरिनु र पत्रकारको सवारी साधन तोडफोड गरिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो’ महासचिव रोसन पुरीले विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘महासंघ पत्रकारलाई हतोत्साहित र असुरक्षित बनाउने यस्ता घटनामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ।’

Related News

अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
अवैधरुपमा औषधी  बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी 
  • २०७९ कार्तिक ३०, बुधबार १७:१९ गते

औषधी  व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधी बिक्री गर्ने एक फार्मेसीमा तालाबन्दी गरेको छ। विभागको टोलीले कपन क्षेत्रका औषधी...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ कार्तिक ३०, बुधबार १७:१९ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

आगो ताप्ने क्रममा जलेर ४५ वर्षीय नेपालीको मृत्यु
आगो ताप्ने क्रममा जलेर ४५ वर्षीय नेपालीको मृत्यु
  • २०७९ कार्तिक ३०, बुधबार १७:१९ गते

 बाह्रबिसे नगरपालिका–८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो...

TOP