२०८० मंसिर २०
December 6, 2023, Wednesday

परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको शीर्ष १३ मा प्रवेश गर्न सफल

परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको शीर्ष १३ मा प्रवेश गर्न सफल

काठमाडौ, परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२ औ संस्करणको अर्को चरणमा प्रवेश गर्न सफल भएकी छिन ।

गत नोभेम्बर १४ का दिन भएको १६ जना प्रतियोगीहरुको प्रस्तुतिसँगै परिजिता शीर्ष १३ मा पुगेकी हुन् ।

मेरिल्याण्डकी नेपाली मूलकी १७ वर्षीय परिजिता अब अर्को हप्ता हुने प्रतिस्पर्धामा १३ जना प्रतिस्पर्धीसँग भिड्नेछिन । द भ्वाइस प्रतियोगितामा छनौट हुने उनी प्रथम नेपाली मूलकी अमेरिकी हुन् ।

गत नोभेम्बर १४ सोमबारका दिन भएको प्रस्तुतिसँगै मतदान सुरु भएको थियो । अमेरिका, नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपाली समुदायले परिजितालाई समर्थन गर्दै मतदान गरेका थिए ।

द भ्वाइसका निर्णायक र प्रशिक्षकहरुको छनौट र रोजाइको कारण परिजिता शीर्ष १६ मा पुग्न सफल भएता पनि १३ औ स्थानमा पुग्न केवल जनताको मतदानबाट मात्र सम्भव भएको हो ।

गत सोमबार परिजिताले भाबुक गीत छनौट गरि अद्वितीय प्रस्तुति गरेकी थिइन् । उनले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” गीत प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुति पश्चात चारै प्रशिक्षकले स्ट्यान्डिङ ओभेशन दिएका थिए । परिजिताको प्रस्तुतिलाई प्रशिक्षकहरूले मुक्त कण्ठ प्रशंसा गरेका थिए ।

परिजिताका प्रशिक्षक जोन लिजेन्डको टोलीमा रहेकी छिन । जोनले परिजिताको गीत प्रस्तुतिले सबैको हृदयमा तान्यो भनि प्रशंसा गरेका थिए ।

Related News

रबिन तामाङको सम्झनामा राजधानीमा कन्सर्ट
रबिन तामाङको सम्झनामा राजधानीमा कन्सर्ट
  • २०७९ कार्तिक ३०, बुधबार ०८:०४ गते

लोकप्रिय गायक, संगीतकार तथा अभिनेता स्व. रबिन तामाङको सम्झनामा उनको सांगीतिक ब्यान्ड रबिन एन्ड द न्यू रिभोल्युसनले राजधानीमा सांगीतिक प्रस्तुति...

संगीत सिर्जनामा लागेका द्रोण पराजुलीले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली प्रस्तुत गरे
संगीत सिर्जनामा लागेका द्रोण पराजुलीले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली प्रस्तुत गरे
  • २०७९ कार्तिक ३०, बुधबार ०८:०४ गते

आधा दशक देखि विकासबादी संगीतको आयामलाई लिएर गीत संगीत सिर्जनामा लागेका द्रोण पराजुली ले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली...

दशैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता
दशैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता
  • २०७९ कार्तिक ३०, बुधबार ०८:०४ गते

 दशैँ र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको...

TOP