२०८० मंसिर २१
December 7, 2023, Thursday

आज काठमाडौंमा अन्तिम चुनावी सभा गर्दै सत्ता गठबन्धन

आज काठमाडौंमा अन्तिम चुनावी सभा गर्दै सत्ता गठबन्धन

काठमाडौ, सत्ता गठबन्धनले आज काठमाडौंमा बृहत् चुनावीसभा गर्दै छ।

गठबन्धनले आफ्नो काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा गर्ने भएको हो।

दिउँसो २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं–२ मा गठबन्धनबाट पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती तथा प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन्।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर १, बिहीबार ०८:५५ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर १, बिहीबार ०८:५५ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर १, बिहीबार ०८:५५ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP