झापा, नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले सरकार बनेको एक महिनामा सबै नेपाली नागरिकलाई नागरिकता दिने बताएका छन् ।
गृहजिल्ला झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम राष्ट्रियतालाई खतरामा पार्न खोजिएको बेलामा आएको बताए ।
उनले भने, ‘माओबादी अध्यक्ष पुस्पकमल दाहाल, परुधानमन्त्री शेरबहादुर र एककिृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालहरुले नागरिकतासम्बन्धी विधेयक संसदमा रोके ।
अध्यादेशबाट कानून ल्याएर दिन लाग्दा अदालतमा गएर रोकाएपछि विदेशीका लागि दिनका लागि हतारमा ल्याउन खोजे । तर, राष्ट्रपतिज्यूले रोक्नुभयो ।’
बिकाउ माल सरकारमा पुगेर गतल काम गरेपछि राष्ट्रपतिले रोकेर सही गरेको जिकिर गरे । उनले जन्मसिद्धका आधारमा एमाले सरकार बनेको एक महिनामा वंशजको आधारमा नागरिकता दिने बताए । विदेशीलाई नागरिकता दिएर गठबन्धनको सपना पूरा गर्न नदिने बताए ।
उनले भने, ‘गठबन्धन सधैं मिलेर खाइराख्ने रे । एमालेलाई ढाल्ने हिम्मत नभएपछि गठबन्धन बनाए । जनताबाट ढाल्न सकेनन् अदालतमा गएर जालझेल गरे । हामीले बहुमत पाउन सकेका छैनौँ ।
माओवादीलाई गम लगाएर एमालेमा टाँस्यौँ । दाहाल पकलक्क उक्किए । तर, धेरै माओवादी नेताहरु एमालेमै रहे ।’
उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, राष्ट्रिय जनामोर्चा र लोसपा आगामी निर्वाचनबाट सकिने दाबी गरे ।
उनले भने, ‘गठबन्धन भनेको दाहाल र शेरबहादुर देउवाको मितेर साइनो मात्रै हो । कांग्रेस र कम्युनिष्ट नाम भएपछि दुवै एकै हुन् ।’
दाहाललाई अध्यक्ष बनाएरसँगै राखेपनि मुसालाई ऋषिले आर्शीवाद दिएजस्तो मात्रै भएको टिप्पणी गरे । उनले विस्तारै सकिने बाटोमा लाग्ने भएकाले डराइराख्नुपर्ने अवस्था नरहेको बताए ।
उनले जुम्लामा कांग्रेसले गठबन्धनको तर्फबाट माओवादी उम्मेदवारलाई भोट नहालेर राप्रपाको ज्ञानेन्द्र साहीलाई हाल्ने दाबी गरे ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...