काठमाडौँ, ललितपुर क्षेत्र नम्बर ३ मा जन्मिएका राधे खड्काले दलका उम्मेदवालाई कडा चुनौति दिएका छन् । राधेले माओबादीकी फम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की र एमाले उम्मेदवारलाई कडा चुनौति दिएका हुन् ।
छत्रे टोपी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राधे सामाजिक अभियन्ता समेत हुन् । । उनी आफ्ना प्रतिस्पर्धहरुसँग आफ्नो जस्तो कामको कुनै अनुभव नभएको आरोप लगाउँछन् ।
पम्फा हिंसाको क्षेत्रबाट आएपनि आफू अहिंसाको क्षेत्रमा काम गरिरहेकोले बिजयी बन्नेमा बिश्वस्त छन् । स्वतन्त्र पार्टीैकी उम्मेदवारलाई लक्षित गर्दै राधेले जुन बिषयको मान्छे हो उसले त्यही काम गरेको हुने बताए ।
स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकै क्षेत्रमा अब्बल काम गर्नुपर्नेमा राजनीतमा आएर गलत गरेको आरोप लगाए ।
सामाजिक कर्मबाट सहयोगको यात्रा सुरुवात गरेका राधे खड्का समाजका लागि निकै उदाहरणीय मानिन्छन् ।
राजनीतिमा आउनु पूर्व सामाजिक कर्मले नै समाज परिवर्तन गर्न सकिन्छ भन्थे राधे । तर, राजनीति बलियो र स्थायी नभएसम्म समाजका कुनै पनि नीतिहरु परिवर्तन हुन नसक्ने ठहर गर्दै ललितपुर ३ बाट प्रतिनिधिसभाको उम्मेद्धवार बनेको दावी गर्छन् ।
राधले कोरोना कालमा फुड बैँकको स्थापना गरेका थिए ।। उनले अक्सिजन बैँक र औषधि बैँकको स्थापना गरेर नि शुल्क वितरण समेत गरेका थिए ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...
रुसी सेनामा नेपाली पठाउने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझसम्म नेपाली युवाहरुलाई अवैध...